सिंगापुरमा पैसा सार्दै चिनियाँ धनाढ्य

चिनियाँ नागरिकहरु पैसा कहाँ राख्ने भन्ने विषयमा चिन्तित भएका पाइएको छ । कतिपय चिनियाँले पैसा राख्नको लागि सिंगापुर सुरक्षित रहेको पनि बताउने गरेका छन् । २०१९ मा भएको विरोधले हङकङको अर्थतन्त्र अवरुद्ध भएपछि भनी चिनियाँहरुले आफ्नो सम्पत्ति राख्नका लागि वैकल्पिक ठाउँको खोजि गरिरहेका छन् ।
यसका लागि धेरैले सिंगापुर आकर्षक भएको बताएका छन् । सिंगापुरमा ठूलो समुदाय मन्डारियन चिनियाँ भाषा बोल्ने रहेका छन् भने सम्पत्तिमा कर पनि लाग्दैन । गत वर्ष शिक्षा क्षेत्रमा बेइजिङको अचानक आक्रमणपछि र साझा समृद्धिमा जोड दिइएकाले यो अवस्था आएको हो । चीनले सवै नागरिकमाथि सम्पत्तिको कुरा उठाउँदै आएको छ । सिंगापुरमा रहेका फर्महरुको अनुसार धनी चिनियाँहरुलाई सम्पत्ति पारिवारिक कार्यालय संरचनाका माध्यमबाट सार्न सहयोग गरिने सीएनबीसीको अन्तरवार्तामा बताएका छन् ।
पारिवारिक कार्यालय एक निजी रुपमा संचालन गरिने कम्पनी हो । यसले धनी परिवारका लागि लगानी र सम्पत्ति व्यवस्थापन संचालन गर्छ । सिंगापुरमा पारिवारिक कार्यालयको स्थापनाका लागि ५० लाख डलरको सम्पत्ति आवश्यक पर्छ । विगत १२ महिनाको अवधिमा सिंगापुरमा पारिवारिक कार्यालय राख्नका लागि भएको सोधपुछ दोब्बर भएको पाँच वर्षे पुरानो एकाउन्टिङ र कर्पोरेट सेवा फर्मका संस्थापक आइरिस सुले बताइन् । धेरै जसो सोधपुछ चीनका मानिसबाट आउने गरेको छ ।
उनका ग्राहक मध्ये ५० प्रतिशतले सिंगापुरमा पारिवारिक कार्यालय खोलिसकेका छन् । उनीहरुको सम्पत्ति कम्तीमा पनि एक करोड डलरको रहेको सुले बताइन् । चीनको तीव्र आर्थिक वृद्धिले केही दसककै अवधिमा सयौं अर्बपति जन्माएको छ । गत वर्षपनि अर्बपतिको क्लबमा अन्य पनि थपिएको फोब्र्सले जनाएको छ । यसले चीनमा अर्बपतिको संख्या ६२६ पु¥याएको छ । यो संख्या अमेरिकापछि दोस्रो बढी हो । अमेरिकामा ७२४ अर्बपति रहेको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा