बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चंकी पांडेकी छोरी अनन्या पांडेले कार्यक्रममा मागिन् फ्रीको कार : सलमान खानले भने, ‘बाउ पट्टी गइन्’

बुधबार, १६ चैत २०७८, १७ : १८
बुधबार, १६ चैत २०७८

बलिउड अभिनेता सलमान खान हालै अनन्या पांडेसँग आइफाको पत्रकार सम्मेलनमा देखिए । यतिबेला सलमानले अनन्यासँगै ठट्टा गरेका छन् । उनले अनन्यालाई ठ्याक्कै बाउजस्तै भएको प्रतिक्रिया पनि दिएका छन् ।

कार्यक्रमका उद्घोषक मनिष पलले सलमानसँग अनन्यालाई एउटा टिप दिने भने । यसमा सलमानले अनन्यालाई कार्यक्रममा कारका मालिकसँग निःशुल्क कारका लागि डिल गर भनेर सिकाए । त्यसपछि अनन्याले साँच्चै नै उनीसँग फ्रिको कार मागिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by ARSHAD AZAM (@arshadazam01)

अनन्याले मागिन् नेक्साका मालिकसँग निःशुल्क कारः

अनन्याले नेक्साका मालिकसँग भनिन्, ‘नेक्सा, मैले फ्रिमा गाडी पाउँछु ?’ त्यसपछि सलमानले प्रतिक्रिया दिँदै भने, ‘चंकी पांडेकी छोरी हुन् । बाउ पट्टी गएकी छिन् ।’

सलमान, रितेश देशमुखसँग आउँदो आइफा आवर्ड होस्ट गर्नेछन् । कार्यक्रममा जब सलमानलाई ओस्कारमा विल स्मिथद्वारा क्रिस रकलाई थप्पड हानेको सन्दर्भ ‘कार्यक्रम उद्घोषक चुट्किलासँग सावधान हुनुपर्छ ?’ भनेर सोधियो । यसको जवाफमा अभिनेताले भने, ‘एक उद्घोषकको रुपमा तपाईं सेन्सेटिभ हुनुपर्छ । ह्यूमर बेल्टभन्दा माथि हुनुपर्छ, तल होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप