ट्याङ्कर व्यवसायीको आन्दोलन फिर्ता
बुधबार, १६ चैत २०७८, १७ : ०४
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायीले घोषणा गरेको आन्दोलन तत्कालको लागि फिर्ता गरेको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै व्यवसायीले यसअघि गर्ने भनिएको आन्दोलन तत्कालको लागि फिर्ता गरेर नियमित काममा फर्किने जनाएको हो ।
अध्यक्ष राकेश कुमार कसौधनले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, नेपाल आयल निगम तथा व्यवसायीबीच वार्तामा पटक पटक वार्ता भएपनि सहमति हुन नसकेको जनाएका छन् । तर, सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दोलन तत्कालको लागि फिर्ता लिएर नियमित काममा फर्किने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
-
स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे
-
तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति
-
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण
-
मंगल ग्रहबाट पृथ्वीमा संकेत पठाउँदै नासाको 'साइकी मिशन'
-
छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा ३२ माओवादी मारिए