बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ट्याङ्कर व्यवसायीको आन्दोलन फिर्ता

बुधबार, १६ चैत २०७८, १७ : ०४
बुधबार, १६ चैत २०७८

पश्चिमाञ्चल ट्याङ्कर​ व्यवसायीले घोषणा गरेको आन्दोलन तत्कालको लागि फिर्ता गरेको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै व्यवसायीले यसअघि गर्ने भनिएको आन्दोलन तत्कालको लागि फिर्ता गरेर नियमित काममा फर्किने जनाएको हो ।

अध्यक्ष राकेश कुमार कसौधनले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, नेपाल आयल निगम तथा व्यवसायीबीच वार्तामा पटक पटक वार्ता भएपनि सहमति हुन नसकेको जनाएका छन् । तर, सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दोलन तत्कालको लागि फिर्ता लिएर नियमित काममा फर्किने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप