सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष पुग्नुपर्ने

बुधबार, १६ चैत २०७८, १६ : ५०
बुधबार, १६ चैत २०७८

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो ।

जसमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१ बर्ष पुरा भएको र नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने व्यवस्था आयोगले राखेको छ । यस्तै स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, बेरुजु नरहेको हुनुपर्नेछ । यस्तै कैद सजाय, जरिवाना तिर्न वा बुझाउन बाँकी नरहेको, स्थानीय तहको कुनै ठेक्कापट्टामा संलग्न नरहेको हुनुपर्ने पनि आयोगको निर्देशिकामा उल्लेख छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप