शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध मुद्दा दर्ता

७ करोड ६० लाख रुपैयाँ मागदाबी, हदैसम्म कैद सजाय माग
बुधबार, १६ चैत २०७८, १६ : ४६
बुधबार, १६ चैत २०७८

नेपालमा राजस्व छली गरेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विमला इन्टरनेशनलका सञ्चालक अग्रवालविरुद्ध विभागले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ बिगो तथा जरिवाना र हदैसम्म कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो । 

भारतको पश्चिम बंगालस्थित सिलगुरी थानाका स्थायी बासिन्दा ३२ वर्षीय अग्रवालबाट विभागले भारतीय राजदूतावास काठमाडौंबाट जारी ४८÷०९ नम्बरको परिचयपत्र र भारतीय आधारकार्य पनि बरामद गरेको छ । काठमाडौंको ताहाचलमा बसोबास गर्ने गरेका निजले विमला इन्टरनेशनलमार्फत बिजक नै जारी नगरी मालसामान बिक्री गरेको पाइएको विभागले जानकारी दिएको छ । 

विभागका अनुसार अग्रवालले अर्डर एण्ड इस्टिमेटबाट प्राप्त आयलाई आफ्नो व्यवसायको आधिकारिक बिक्री आयमै समावेश नगरी ठूलो परिमाण नगद घरमा राखेको र आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरू बमोजिम तिर्नुपर्ने कर नै छलेका हुन् । अग्रवालले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा ४(क), (च), (ज) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको मिसिलमा उल्लेख गरेको छ । 

अग्रवालविरुद्ध सोही ऐनको दफा २ (छ१) बमोजिम हुन आउने मूल्य अभिवृद्धि करतर्फ ३ करोड १७ हजार ९९, आयकरतर्फ ८० लाख १४ हजार ७५३ गरी कूल २ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो कायम गरेको छ । सो बिगोको शतप्रतिशत तथा ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय पनि माग गरेको छ । अग्रवालको वासस्थानबाटै बरामद १ करोड ५० लाख जफत गरी बाँकी २ करोड ३० लाख ३१ हजार ८५२ रुपैयाँ असुलउपर गर्न र बिगोको शतप्रतिशत जरिवाना तथा यो कसुरमा पनि हदैसम्म कैद सजाय माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप