सलमान खानलाई पूर्व प्रेमिकाको घुमाउरो पारामा धम्की, ‘एक दिन तिम्रो पनि पर्दाफास हुनेछ’
बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले हालै सोसल मिडियामार्फत् सलमानमाथि अप्रत्यक्ष रुपमा केही आरोप लगाएकी छिन् । उनले आफ्नो पोस्टमार्फत् कसैको नाम नलिई बलिउडका हार्वे वेनस्टेनलाई धम्की दिएकी छिन् । साथै, उनले ऐश्वर्या राय बच्चनको नाम पनि लिएकी छिन् । स्मरण रहोस्, हार्वे विन्स्टेन हलिउडका चर्चित निर्माता र फिल्म निर्माता हुन् । हार्वेमाथि एक, दुई नभई थुप्रै महिला र नायिकाले बलात्कार, कुटपिट र धम्कीको आरोप लगाएका थिए ।
सोमीले अप्रत्यक्ष रुपमा सलमानलाई दिइन् धम्कीः
सलमानले आफ्नो पोस्टको क्याप्सनमा लेखिन्, ‘बलिउडका हार्वे विन्स्टेन, एकदिन तिम्रो पनि पर्दाफास हुनेछ । जुन महिलालाई तिमीले दुरुपयोग गरेका छौँ, एकदिन उनीहरु अगाडि आउनेछन् र वास्तविकता बताउनेछन् । जस्तै ऐश्वर्या राय बच्चनले गरेकी थिइन् ।’
ऐश्वर्याको कारण भएको थियो सलमान–सोमीको ब्रेकअपः
सोमीले एक पुरानो अन्तरवार्तामा सलमानसँग आफ्नो सम्बन्धबारे कुरा गर्दै भनेकी थिइन्, ‘सलमान मेरा पहिलो प्रेमी थिएा । तर ऐश्वर्या राय बीचमा आइन् र मेरो सम्बन्ध टुट्यो । म किशोरी हुँदा नै मेरो सलमानमाथि क्रस थियो । यहि क्रसले मलाई फ्लोरिडाबाट भारत ल्याइपुर्यायो । मैले फिल्ममा यसकारण काम गर्न सुरु गरेको थिएँ ताकि म सलमानसँग विवाह गर्न सकूँ ।’ सन् १९९७ मा सलमानको निकटता ‘हम दिल दे चुके सनम’ को सेटमा ऐश्वर्या रायसँग बढ्यो र सोमीसँग उनको ब्रेकअप भएको थियो ।
करिब ८ वर्षसम्म सम्बन्धमा रहेका थिए सलमान–सोमी
सन् १९९१ देखि १९९७ को बीचमा सोमीले फिल्म ‘अंत’, ‘किशन’, ‘अवतार’, ‘तिसरा कौन’, ‘आन्दोलन’ र ‘अग्निचक्र’ जस्ता करिब १० फिल्म र केही विज्ञापनमा काम गरेकी थिइन् । सोमीको भेट सलमानसँग एउटा स्टुडियोमा भएको थियो । करिब ८ वर्षसम्म सोमी सलमानसँगको सम्बन्धमा रहिन् । यी दुईले फिल्म ‘बुलंद’ मा सँगै काम गरेका छन् जुन आजसम्म रिलिज हुने सकेन । यो फिल्म ८० प्रतिशत सुट भइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?