प्रभु लाइफको सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्य
बुधबार, १६ चैत २०७८, १६ : ३२
प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अध्यक्ष रहेका डा.आत्मराम घिमिरेले बुधबार देखिनै लागू हुने गरी व्यक्तिगत कारणले राजीनामा दिएका थिए । २०७४ मंसिर २८ गतेबाट सञ्चालनमा आएको कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरूबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
-
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
-
कलाकार श्रीकृष्णको नयाँ गीत ‘घाँस दाउरा पानी’ सार्वजनिक
-
सरकारी गाडी प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध
-
ऐश्वर्याले किन हटाइन् बच्चन थर ?
-
सावेल प्रहार गरी साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ