बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

प्रभु लाइफको सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्य

बुधबार, १६ चैत २०७८, १६ : ३२
बुधबार, १६ चैत २०७८

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा चयन गरेको हो ।  नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि अध्यक्ष रहेका डा.आत्मराम घिमिरेले बुधबार देखिनै लागू हुने गरी व्यक्तिगत कारणले राजीनामा दिएका थिए ।  २०७४ मंसिर २८ गतेबाट सञ्चालनमा आएको कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरूबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप