बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

जनतासँग गरेको बाचा पूरा गरेको छु : प्रचण्ड

बुधबार, १६ चैत २०७८, १६ : १४
बुधबार, १६ चैत २०७८

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्ध कार्यक्रम कार्यान्वयनमा आएको बताएका छन् । नारायणी नदी  नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । 

बर्खा लागेपछि पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौं बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासँग गरेको वाचा पुरा गरेको समेत बताए ।

नारायणी नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने बताए ।  नारायणी नदी  नियन्त्रण आयोजनाको शिलान्यास हुनु चितवन जिल्लाकै गौरबको बिषय भएको उनले बताए ।

यस्तै शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले  यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरी सुरू गरिएको बताउँदै विगतमा अभिशाप बनेको यस नारायणी तटिय क्षेत्र तटबन्ध सम्पन्न हुँदा बरदानको रूपमा परिणत हुने बताइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटीय क्षेत्रका नागरिकले कहिलै दुख भोग्नुनपर्ने बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप