
केपी ओलीको प्रश्न : एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ?

नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्धता पत्र तयारी भर्चुअल कार्यशाला आयोजना गरेको छ । ७५३ वटै स्थानीय तह पार्टी कमिटीका प्रमुखहरु रहेको उक्त कार्यशालामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरुले गरेका कामहरु लिएर जनतामा जान निर्देशन दिए ।
त्यसक्रममा ओलीले नेकपा एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाबिना निर्वाचनमा होमिन निर्देशन दिएका छन् । उनले सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्नुपर्ने बाध्यता रहेको भन्दै एमालेलाई उनीहरुको गठबन्धन र तालमेलले कुनै फरक नपर्ने दावी समेत गरे ।
‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ । एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ? तर, यसले हामीलाई फरक पार्दैन’, ओलीको भनाइ छ । उनले दिनदिनै हजारौं मानिस एमालेमा प्रवेश गरिरहेकाले एमालेको विजय सुनिश्चित भएको दावी समेत गरे ।
कार्यक्रममा प्रतिवद्धतापत्र मस्यौंदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिवद्धता पत्रका सैद्धान्तिक पक्षमाथि व्याख्या गरेका छन् भने मस्यौदा समितिका सदस्यसचिव सुशील ज्ञवालीले प्रतिवद्धतापत्रका बारेमा विस्तृत व्याख्या गरेका छन् । कार्यक्रममा स्थायी कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारी र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरु सहभागी थिए । उनीहरुले पार्टीका तर्फबाट गरिएका अपेक्षाहरु राखेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ