बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

दूतावासले मनायो आइटेक दिवस

बुधबार, १६ चैत २०७८, १६ : ०२
बुधबार, १६ चैत २०७८

नेपालस्थित भारतीय राजदूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । सो दिवसको अवसरमा दूतावासले नेपालका विभिन्न व्यक्तित्व तथा भारतका विभिन्न प्रतिष्ठित संस्थानहरूबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई पनि सम्मान गरे ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री देवेन्द्र पौडेलले कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निर्वाध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासको प्रशंसा गरे । 

राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रमहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए । स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरूबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएको दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?