जर्सी चिडियाखानमा जन्मियो लोपोन्मुख बाँदर
बुधबार, १६ चैत २०७८, १५ : २८
जर्सीको जर्सी चिडियाखानामा लोपोन्मुख अवस्थामा पुगेको ब्ल्याक लायन टामारिन जन्मिएको छ । यो एक सानो आकारको बाँदरको प्रजाति हो । यसको नाम ग्रेस राखिएको छ । यस खालको बाँदरको प्रजाति लोपोन्मुख अवस्थामा पुगिसकेको समाचारमा जनाइएको छ ।
यो बाँदरको बच्चा डिसेम्बरमै जन्मेको र कमजोर भएकाले आमासँगै राख्न कठिन हुने बताइएको छ । यसपछि ग्रेसलाई हेरचाहका लागि डुरेल वाइल्डलाइफ कन्जर्भेसन ट्रस्टमा लगिएको छ भने चाँडै नै उसको परिवारको समूहमा लगिने भएको छ ।
जर्सी चिडियाखाना मात्रै विश्वको यस्तो ठाउँ हो जहाँ ब्ल्याक लायन टामारिन ब्राजिलको एटलान्टिक फरेस्ट बाहिर पाउन सकिन्छ । हालसम्म केवल १,००० ब्ल्याक लायन टामारिन बाँकी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’