सेयर बजारमा हरियाली, ४० अंकले बढ्दा २.२५ अर्ब कारोबार

सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज) बढेकाे छ । ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने नेप्सेले उज्यालो बनाएको छ ।
नेप्से चैत ९ गते बुधबारदेखि नै घट्दो क्रममा थियो । नेप्सेमा सो दिन २०.३४, बिहीबार १६.६९, आइतबार ४१, सोमबार २९.९८ र मंगलबार १४ अंकको गिरावट आएको थियो । बुधबार भने बजार दोहोरो अङ्कले बढेको हो । आज ४५ लाख २ हजार ५११ कित्ता शेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेका १३ वटै उपसूचकहरू आज हरिया छन् । अन्य समूहको शेयरमा सबैभन्दा धेरै ४.१२ प्रतिशत वृद्धि भएको छ । विकास बैंक समूहको ३.३२, वित्त समूहको ३.२९ र होटल तथा पर्यटन समूहको शेयर पनि २.५१ प्रतिशतले बढेको हो ।
आज इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सकारात्मक सर्किट लाग्दै सो कम्पनीको शेयरमूल्य १०१ रुपैयाँ २० पैसाले बढेर १ हजार ११३ रुपैयाँ ५० पैसा पुगेको छ । युनिलिभर लिमिटेडको शेयरमूल्य भने १८ रुपैयाँ ८० पैसा घट्दै ९२१ रुपैयाँ २० पैसामा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री यामलाल कँडेल : छवि जोगाए पनि जोखिम मोल्न सकेनन्
-
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए
-
मुख्यमन्त्रीका रूपमा कँडेलको एक वर्ष व्यर्थ
-
यो सरकारको कार्यसम्पादन राम्रो भएन
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद