बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियाविरुद्ध आसिफको अर्धशतक

बुधबार, १६ चैत २०७८, १५ : ०४
बुधबार, १६ चैत २०७८

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आसिफ शेखले मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि उनले अर्धशतक प्रहार गरेका हुन् ।

आसिफले ३१ बलमा ६ चौका १ छक्का प्रहार गर्दै ५० रन बनाए । उनीसँगै क्रिजमा रहेका दिपेन्द्र सिंह ऐरीले १३ रन बनाएका छन् ।

१० ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ८२ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप