बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा १ लाख ९० हजार मतदाता, ५ जना तेस्रो लिङ्गी

बुधबार, १६ चैत २०७८, १४ : ३७
बुधबार, १६ चैत २०७८

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ । स्थानीय निर्वाचनको लागि भक्तपुरमा पुरुष ९२ हजार २ सय ६५, महिला ९७ हजार ३ सय १४ अन्य ५ जना मतदाता गरेर कुल मतदाताको संख्या १ लाख ८९ हजार ५ सय ८४ जना रहेको छ ।     

जसमा चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष र २२ हजार ७ जना महिला गरेर ४३ हजार १ सय ५ मतदाता रहेका छन् । यो नगरपालिकामा २१ मतदान स्थल र ५३ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिम बिसीले जानकारी दिए । भक्तपुर नगरपालिकामा २७ हजार ६ सय ५६ पुरुष र २९ हजार ६ सय १४ महिला मतदाता गरेर ५७ हजार २ सय ७० मतदाता छन् । यहाँ मतदान स्थलको संख्या १६ र मतदान केन्द्रको संख्या ६२ वटा रहेको छ । 

मध्यपुर थिमि नगरपालिका २० हजार ५ सय ३१ पुरुष, २१ हजार ३ सय ८ महिला साथै अन्य ३ जना मतदाता ४१ हजार ८ सय ४२ मतदाता रहेका छन् । मध्यपुरथिमिमा १७ मतदान स्थल र ४६ मतदान केन्द्र हुनेछ । 
निर्वाचन कार्यालय भक्तपुरका सूचना बिसीेका अनुसार सूर्यविनायक नगरपालिकामा २२ हजार ९ सय ० पुरुष २४ हजार ३ सय ८५ महिला र अन्य २ जना गरेर ४७ हजार ३ सय ६७ मतदाता रहेको छ । यस नगरपालिकामा २३ मतदान स्थल र ५ मतदान केन्द्र रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप