सर्लाहीका एसपी कृष्ण प्रसाई हेडक्वार्टर फिर्ता, प्रवीण पोखरेललाई जिम्मेवारी
बुधबार, १६ चैत २०७८, १४ : ३१
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । चार महिनाअघि सर्लाही गएका प्रसाई आर्थिक कारणले विवादमा मुछिएका थिए । ‘विवादित छवि’ र कार्यसम्पादन कमजोर भएको हुनाले प्रसाईलाई सर्लाहीको इन्चार्जबाट हटाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सर्लाहीमा एसपी प्रवीण पोखरेललाई पठाएका छन् । पोखरेल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए । २०७८ मंसिर ५ देखि सर्लाहीको कमाण्ड समालेका प्रसाईलाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का