बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर

श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् । सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ । तीमध्ये दुईवटा सम्झौतापत्रमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए ।
परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका सम्झौतामा आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी बिमस्टेक महासन्धि र श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आबद्धता रहेका छन् । त्यसैगरी, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले ‘बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने