शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारत भ्रमणमा जाँदै रुसी विदेशमन्त्री, ‘रुबलमा व्यापारको विषयमा वार्ता’

बुधबार, १६ चैत २०७८, १३ : ०९
बुधबार, १६ चैत २०७८

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ यो साता भारत भ्रमणमा जाने भएका छन् । भारत रुसी उत्पादनको सबैभन्दा ठूलो खरिदकर्ता भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । युक्रेनमा हमलापछि अन्तर्राष्ट्रिय समुदायले रुसमा कडा प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय व्यापारबाट अलग गर्न सुरु गरेकै समयमा हुन लागेको सुरु विदेशमन्त्रीको भारत भ्रमणले अर्थ राख्नसक्ने अनुमान गरिएको छ ।
 
दुवै देश रुसी बैंकमा पश्चिमी देशकातर्फबाट लगाएको प्रतिबन्धपछि भुक्तानी प्रणालीलाई सहज बनाउने विषयमा चर्चा गर्न सक्ने रोयटर्सले जनाएको छ । जानकारीका अनुसार लाभरोभ शुक्रबार भारत जाने सम्भावना छ । यद्यपि दिल्लीमा रुसी दूूतावासले हालसम्म पनि यो भ्रमणको पुष्टि गरेको छैन । यसैगरी भारतीय विदेश मन्त्रालयले आफूसँग भन्नका लागि कुनै जानकारी नभएको बताएको छ ।
 
२४ फेब्रुअरीमा युक्रेनमा भएको रुसी हमलापछि लाभरोभको यो तेस्रो विदेश यात्रा हुने छ । योभन्दा पहिले लाभारोभले मार्चको सुरुमा आफ्ना युक्रेनी समकक्षीसँग वार्ताका लागि टर्की र बिहीबार चीन गइसकेका छन् ।

सुत्रकाअनुसार भारत सरकारले रुपयाँ–रुबल व्यापार प्रणाली स्थापित गर्ने विषयमा विचार गरिरहेको छ । भारतीय र रुसी वित्तीय अधिकारीबीच यसबारे छलफल जारी रहेको छ । यो पनि मानिँदै आएको छ कि रुपैयाँ–रुबल ट्रेड विन्डो बाहेक दुवै देशका केन्द्रीय बैंकको माध्यमबाट सबै सरकारी र अर्धसरकारी भुक्तानी प्रणाली सिधै सल्टाउन कार्ड जस्तो विकल्पमा पनि विचार गर्न सकिन्छ ।

कर्पोेरेट बन्डमा लगानीको मौका
रुसी विदेश मन्त्रीको भ्रमणको अवधिमा दुवै देशबीचको व्यापार सम्बन्धलाई सहज बनाउन वैकल्पिक संयन्त्रलाई लिएर कुराकानी हुनसक्छ । भारत सरकारको एक अन्य सूत्रले युक्रेन संकटका बावजुद भारत रुसलाई भारतीय कर्पोरेट बन्डमा लगानी गर्न भारतीय रिजर्भ बैंकसँग रहेको पैसाको उपयोग गर्ने अनुमति दिन विषयमा विचार गरिरहेको छ ।

रुसले आरबीआईसँग रहेको प्रतिरक्षा उपकरणका लागि करिब २०० करोड भारुको  भुक्तानीलाई सुरक्षित राखेको छ । यद्यपि भारत सरकारका एक अधिकारीले रुससँग सम्बन्ध बनाइराख्नका लागि भारतले पश्चिमा दबावबाट कुटनीतिक रुपमा जुुझ्नुपर्नेछ ।

रुससँग सूूर्यमुखी तेलको सम्झौता

भारतले हालै युक्रेनको आपूर्ति बन्द भएपछि अप्रिल आपूर्तिका लागि ४५,००० टन सूूर्यमुखी तेल  खरिदको सम्झौता गरेको छ । गत वर्ष भारतले रुसबाट एक महिनामा करिब २०,००० टन सूर्यमुखी तेल खरिद गरेको थियो ।
 केन्द्रका एक वरिष्ठ अधिकृतकाअनुसार यदि सस्तो मूल्यमा वस्तु प्राप्त हुन्छ भने भारतले रुसबाट धेरै बस्तु आयात गर्ने छ । यसैगरी जवाहरलाल नेहरु युनिभर्सिटीमा इन्टरनेशनल  स्टडिजका प्राध्यापक हेप्पीमन ज्याकोबले भारतले कुनै पनि किसिमबाट रुससँग व्यापार जारी राख्ने विचार बनाएको बताएका छन् ।
 
रुस भारतको प्रमुख प्रतिरक्षा आपूर्तिकर्ता
रुस भारतको प्रतिरक्षा उपकरणको प्रमुख आपूर्तिकर्ता हो । चीनको तुलनामा भारतका साथ यसको कुल वार्षिक व्यापार कम छ । भारतले रुससँग विगतका केही वर्षमा औसत ९ अर्ब डलरको व्यापार गरेको थियो । यसमा प्रमुख रुपमा मल र तेलको व्यापार समावेश छ । यसको तुलनामा चीनसँग भारतको वार्षिक द्विपक्षीय व्यापार १ खर्ब डलर भन्दा पनि बढी छ । युक्रेनमा हमलापछि भारतले रुसबाट सस्तो दरमा कच्चा तेल खरिद गर्ने सम्झौता गरेको छ ।
 
भारतले करिब १.३ करोड ब्यारेल तेल खरिद गरेको छ । यसैगरी गत वर्ष १.६ करोड  ब्यारेल तेल आयात गरेको थियो । भारत अब स्टिल बनाउन प्रयोग हुने रुसी कोइलाको आयातलाई पनि दुई गुण बनाउने विषयमा विचार गरिरहेको छ ।
 
भारतले विश्वव्यापी मञ्चमा युक्रेनमा युद्धविराम रोक्ने कुरा दोहोर्याइसकेको छ । तर सुरक्षा परिषदको बैठकमा रुसको विरुद्धमा भोटिङ गरेको छैन । भारतले हमलाको विषयलाई लिएर रुसको आलोचना सम्म पनि गरेको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसमाथि कारबाही गर्ने विषयमा भारतको स्थिति स्पष्ट नभएको बताइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप