मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ
मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ सितलपाटी घर भएका २४ वर्षका राजेश पाख्रीन र मनोज पाख्रीन दाजुभाई हुन् । ललितपुरको चापागाउँ बस्ने दाजुभाईलाई प्रहरीले सुन चोरेको आरोपमा पक्राउ गरेको छ ।
काठमाडौंको नरेफाँट, जडिबुटी र भक्तपुरको लोकन्थली क्षेत्रमा सुन चोरीमा संलग्न आरोपमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरले उनीहरुलाई पक्राउ गरेको हो । चैत १३ मा काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित कामख्य पेट्रोल पम्प नजिकै तिलमाया मगरको डेराबाट उनीहरुले सुन चोरेको आरोप छ ।
सो चोरी अनुसन्धान गर्दै जाँदा पाख्रीन दाजुभाइले कोटेश्वर, नरेफाँट र भक्तपुरमा सुन चोर्ने गरेको थाहा भएको छ । प्रहरीले उनीहरुको साथबाट ७ लाख ५९ हजार बराबरको चोरीका गहना बरामद गरेको छ । मोटरसाइकलमा चढेर निगरानी गर्ने उनीहरु मुलगेट खुल्ला भएको घरमा पसेर चोर्ने गर्थे । मनोजले मोटरसाइकल चलाउने र राजेश पाख्रीन घरमा छिरेर चोर्ने गरेको थाहा भएको छ ।
चोरीका गहना उनीहरुले बसपार्कमा लगेर सुन पसलेलाई बेच्ने गरेका थिए । उनीहरुविरुद्ध चोरी मुद्दामा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी