मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

लोसपाको बैठक बस्दै, टुङ्गो लाग्ला सरकारमा जाने विषय ?

बुधबार, १६ चैत २०७८, ०५ : ००
बुधबार, १६ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । भदौ ९ गते जसपाबाट अलग भइ लोसपा गठन भएको भोलिपल्ट अर्थात् भदौ १० गते लोसपा कार्यकारिणी समितिको बैठक बसेको थियो । आठ महिनापछि मात्र दोस्रो बैठक बस्न गइरहेको छ ।

पार्टी कार्यालय बबरमहलमा बस्न लागेको बैठकमा स्थानीय तहको चुनाव, संगठन निर्माण, सरकारमा सहभागी लगायतका विषयमा छलफल हुने सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको मापदण्डदेखि दिएर घोषणापत्र तयारीलगायत संगठन विस्तार, केन्द्रीय समितिको गठनलगायतको विषयमा छलफल हुने बताउँदै उनले वर्तमान सरकारमा लोसपा सहभागी हुने नहुने विषयमा पनि छलफल हुन सक्ने बताए । लोसपाका २८ जना कार्यकारिणी सदस्य छन् । त्यसको विस्तार गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप