बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

ओपन गल्फ प्रतियोगिताको उपाधि पूर्व कर्णेल सिंहलाई

बुधबार, १६ चैत २०७८, १२ : ३८
बुधबार, १६ चैत २०७८

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा आयोजना भएको ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिनको प्रतियोगिताको उपाधि पुरुषतर्फ अवकाश प्राप्त कर्णेल शशी बिक्रम सिंहले जितेका छन् ।  

एक सय जना खेलाडी सहभागी भएको प्रतियोगितामा बिभिन्न १६ वटा विधामा प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फको दोस्रो उपाधि अतिरिक्त प्रहरी महानिरिक्षक हरि बहादुर पाल, ग्रोसतपर्फ, सुरज श्रेष्ठले जिते ।

महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । त्यस्तै रेखा घिमिरे दोस्रो हुन सफल भइन् । भट्रानतर्फ मेजर जनरल विजय मोक्तानले उपाधि जिते । सन प्रसाद प्रधान दोस्रो भए । होल इन वान लोल नम्बर ६ तर्फ जयबिर आचार्यले जिते । त्यस्तै जुनियरतर्फ अभिमन्यु कार्कीले उपाधि जित्दा जयबिर आचार्य दोस्रो भए ।

महिलातर्फ इष्टेना टण्डनले उपाधि जित्दा अन्वद्या मल्ल दोस्रो भइन् । प्रतियोगिताको मोस्ट बर्डिसमा अवकासप्राप्त बरिष्ट प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठले जिते । त्यस्तै लेङ्गेस्ट ड्राइभ ११ सानु सान्यो शाहीले जितिन् । क्लोजेस्ट दी पिन १२ ताहिर शाह, बेस्ट स्पेर्ट्सम्यानसिजमतर्फ अनिल सिन्हा विजयी भए ।

समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुदको विकासमा योगदान गर्ने र नयाँ पुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्य सहित कम्पनीले सन् २०१८ र २०१९ मा पनि यसै गरी गल्फ प्रतियोगिताको आयोजना गरेका बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप