‘खल्ती लेख स्टार’ मा ५० हजार जित्ने मौका

खल्ती डिजिटल वालेट कम्पनीले ‘खल्ती लेख(स्टार’ योजना ल्याएको छ । यस अन्तर्गत ३ जनाले पहिलो, दोस्रो र तेस्रो पुरस्कार स्वरुप क्रमशः रु.५० हजार, २५ हजार र १५ हजार रुपैयाँ जित्न सक्नेछन्। ‘खल्ती लेख-स्टार’ बन्न चाहनेले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्ने बताइएको छ ।
इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब या टिकटकमा सेयर गर्नुपर्नेछ। पोस्ट गरेपश्चात् आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरणसहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइने कम्पनीको भनाइ छ ।
यो प्रतियोगिता चैत्र १५ देखि वैशाख १४ गतेसम्म लागू हुनेछ। यसका साथै ३ जना विजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पनि पाउने प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला