मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, दिलिपको डेब्यू

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले मलेसियाविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । आजको खेलमा दिलिप नाथले डेब्यू गरेका छन् ।
उनी लोकेश बमको स्थानमा आएका हुन् । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।
यता पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । नेपाल र मलेसियाबीचको इतिहास हेर्दा नेपाल बलियो छ । पछिल्ला चार खेलको नतिजा हेर्दा नेपाल मलेसियामाथि हाबी छ ।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसी, आबिनास बोहोरा, दिलिप नाथ, कुशल मल्ल, रोहित कुमार पौड्याल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’