आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उखरमाउलो गर्मी बढेको मधेसमा सिरक वितरण !

बुधबार, १६ चैत २०७८, १२ : ००
बुधबार, १६ चैत २०७८

तराई–मधेशमा यतिबेला गर्मी बेस्सरी बढेको छ । उखरमाउलो गर्मीले सर्वसाधारणलाई सकस पर्ने गरेको छ । गर्मी छल्न सर्वसाधारणहरु पंखा, एयरकन्डिसन, कुलर, रुख वृक्षलगायतका छहारी स्थानको खोजीमा हुन्छन् । तर गर्मीका बेला धनुषाको बटेश्वर गाउँपालिकाले सिरक र कम्बल वितरण गरेको छ । 

अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमै वितरण गरेपनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले गर्मी याममा बाँडेर मतदातालाई रिझाउँदैछन् ।

बटेश्वर गाउँपालिकाले पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो । जाडो महिनामै बाँड्नुपर्ने कम्बल त्यतिबेला वितरण गर्न नसकेकाले अहिले वितरण गरिको एक जनप्रतिनिधिले बताए ।

चुनावको बेला मतदाता रिझाउनका लागि गरिएको सिरक वितरणलाई सर्वसाधारणले विभिन्न खाले टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप