गोकर्णेश्वरमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु
बुधबार, १६ चैत २०७८, १० : ४७
![गोकर्णेश्वरमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/accident-durghatana-acc-cartoon_nRZRX5TBy7.jpg)
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान ८ः ३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमेडी च्याम्पियन्स–३ को उपाधि सुनील खड्कालाई
-
दही च्यूरा खाएर मनाइयो असार १५
-
कोहली फर्ममा फर्किँदा भारतद्वारा १ सय ७७ रनको लक्ष्य प्रस्तुत
-
राप्रपाभित्र असन्तुष्टहरूको आवाज : पार्टी विधान उल्लंघन गर्ने विश्वविद्यालय बन्यो
-
पत्रकार रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
घट्दो धान उत्पादन, झन्–झन् परनिर्भर हुँदै कर्णाली