चुनावमा तालमेल गर्ने विषयमा छिट्टै माेडालिटी बनाइन्छ : प्रकाशमान सिंह
नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै नसकिएकाे बताएका छन् । त्यसैले केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निर्णय गरेकाे उनले बताए ।
कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु बसेर माेडालिटी तय हुने समेत सिंहको भनाइ छ। "काँग्रेसकाे संसदमा उपस्थिति कस्तो थियाे ? के कारण काँग्रेसकाे नेतृत्वमा सरकार निर्माण भयाे ? यी सबै कुरा सबैले ख्याल राख्नुपर्छ," उनले भने ।
नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी काँग्रेस भएकाे कुरा नबिर्सन उनले सबैमा अपिल गरे । बुधबार काठमाडौंको बुद्धनगरमा आयाेजित स्थानीय नागरिकहरुसितकाे भेटघाटका क्रममा उनले चुनावीमा जनताले पार्टीहरुकाे लेखाजोखा गर्ने बेला आएकाे बताए । "कसले कुन समयमा देश र जनताका लागि के गर्याे ? यसकाे सही मुल्यांकन गर्नुपर्छ । क्षणभरको घटनाक्रम मात्रै नभई विगतकाे पनि समीक्षा गरेर आफ्नो मत दिनुहुन मेराे आग्रह छ ," सिंहले भने ।
फरक प्रशंगमा बाेल्दै परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर क्रान्तिकारी कुरा गरेर राजनीतिमा आएकाे पार्टी विवेकशील साझाकाे हालत के भयाे भन्दै प्रश्न गरे । राजनीतिमा नारा र भाषणले मात्रै चल्दैन भने कुरा पुष्टि भएकाे सिंहले बताए । उनले भने, "आज ती पार्टीका नेताकाे गतिविधि कस्तो छ ? पार्टी कस्ताे छ ? सबैले देखे सुनेकै हाेला ? भ्रम छर्नेहरु बिस्तारै जनता माझ नाङि्गदै गएका छन्।"
यस्तै अब महानगरबासीले जनताले तिरेकाे कर बैंकमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताकाे करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा