सिद्धार्थ बैंकको सहयोगमा क्यालिस्थेनिक्स पार्क सञ्चालनमा

सिद्धार्थ बैंकको यहयोगमा क्यालिस्थेनिक्स पार्क सञ्चालनमा आएको छ । पेप्सीकोलास्थित सूर्यमुखि पार्कमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रही बैंकले क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको उक्त पार्कको समुद्घाटन बैंकका प्रमुख भ्याली रिर्सोसेस प्रदिप पन्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायमाझीले गरे ।
व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्नुका साथै खुल्ला स्थानको सदुपयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त पार्क निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो । निःशुल्क व्यायाम उपकरणको सुविधा भएको उक्त पार्क सञ्चालन पश्चात् त्यस क्षेत्रका स्थानीयवासीहरुका लागि स्वस्थ जीवनशैली विकास गर्न केही हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा