युक्रेनमाथि रुसी हमलाः ३९ लाखले देश छाडे
![युक्रेनमाथि रुसी हमलाः ३९ लाखले देश छाडे](https://rpcdn.ratopati.com/media/albums/ukraine_qYrFCVTwiS.jpg)
युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसुस गरेका छन् ।
यूनएचसीआरका अनुसार मंगलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ । ‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यू साल्टमार्शले भने ।
‘हामीले लाखौं मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौँ ’, रेड क्रस र रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी) को अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष फ्रान्सेस्को रोक्काले भने, ‘ मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’
युक्रेनी शरणार्थीहरू बाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर–युक्रेनीहरू पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह
-
पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीमा ५५ अर्ब ७९ करोड भुक्तानी
-
विज्ञान प्रविधिका २ विधेयकको मस्यौदामा अनुसन्धानकर्मी र वैज्ञानिकहरूसँग छलफल
-
प्रचण्ड–ओली भेटबारे मन्त्री शक्ति बस्नेत के भन्छन् ?
-
कमलादीमा एकीकृत समाजवादीको बन्द-सत्र सुरु
-
विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी