काठमाडौँमा २२ सय मिटर भिजिबिलिटी, लुक्लाको उडान अवरुद्ध
बुधबार, १६ चैत २०७८, ०९ : ०९
मौसमका कारण सोखुलुम्बुको लुक्लाको उडान अवरुद्ध भएको छ । भिजिबिलिटी कम भएकाले लुक्लाको उडान अहिले स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाले रातोपाटीलाई बताए ।
डोमेस्टिक तर्फका अरू उडान अहिले आइएफआरमा चलेका छन् । भिजिबिलिटीको कारण भिएफआरमा उडान हुन सकेको छैन । थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडाउन र ल्याण्ड गर्न सकिने प्रविधिलाई आइएफआर भनिन्छ । भिएफआरका लागी ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले २२ सय मिटर भिजिबिलिटी छ । अन्तर्राष्ट्रिय उडान भर्ने र अवतरण गर्ने जहाजहरू पनि आइएफआरमा उडान तथा अवतरण गरिरहेका छन् । स्याटेलाइट बेसमा ११ सय मिटर भिजिबिलिटीमा पनि जहाज ल्याण्ड गर्न मिल्छ । स्पेसिङ बढी गर्नुपर्ने हुनाले त्रिभुवन विमानस्थलमा जहाज डिलेको समस्या देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य