आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा एक हप्तामा तेस्रो आक्रमण, गोलाबारीमा थप ५ जनाको मृत्यु

बुधबार, १६ चैत २०७८, ०८ : ५३
बुधबार, १६ चैत २०७८

इजरायलको तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ । इजरायलमा एक हप्ताको अन्तरमा यस्तो प्रकारको हिंसात्मक आक्रमण भएको यो तेस्रो घटना हो ।

यहुदीहरूको बाक्लो बस्ती रहेको बनेई क्षेत्रमा यो घटना भएको बताइएको छ । गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको घटनास्थलमा उद्धार कार्यमा संलग्न एक जनाले बताएका छन् । इजरायली अरबहरूले गत मंगलबार र आइतबार हिंसात्मक हमला गरेपछि इजरायलका सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका थिए । ती घटनाहरूमा ६ जना मारिएका थिए ।

घटनास्थलबाट प्राप्त भिडियोमा कालो कपडा लगाएका बन्दुकधारीले प्वाइन्ट ब्ल्याङ्क रेञ्जमा कारमाथि अन्धाधुन्ध गोली चलाएको देख्न सकिन्छ । जेरुसेलम पोस्टका अनुसार एक व्यक्ति कारमा र अन्य नजिकैको बाटोमा मृत फेला परेका थिए । घटनालगत्तै इजरालयका प्रधानमन्त्री नाफताली बेनेटले आपत्कालीन सुरक्षा बैठक बोलाएका थिए भने बुधबारका लागि क्याबिनेट बैठक पनि डाकिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप