शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिलको सहज जित, अर्जेन्टिना रोकियो

बुधबार, १६ चैत २०७८, ०७ : ५३
बुधबार, १६ चैत २०७८

फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलोभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । 
बोलोभियाको मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक गोल गरे । 

खेलको २४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले अग्रता बनायो । ४५औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा लुकास पाक्वेटाको पासमा गुइमारेसले गोल गर्दा ब्राजिलले खेलमा ३–० को अग्रता बनायो । 

खेलको इन्ज्युरी समयमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गर्दै टिमलाई ४–० गोलको जित दिलाए । 
आज नै भएको अर्काे खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ । ब्राजिल र अर्जेन्टिना छनोट खेलमा अपराजित छन् । दुई टोलीबीचको अन्तिम खेल भने स्थगित छ । 
जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलको १७ खेलबाट ४५ अंक जोडेको छ । पराजित बोलिभिया १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रह्यो ।

यता बराबरी खेलेको अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । इक्वेडर छनोटमा शीर्ष चारमा रहेर विश्वकपमा स्थान बनाउन सफल भएको छ । इक्वेडरले १८ खेलबाट २६ अंक जोड्दै छनोटमा चौथो स्थान कायम गरेको छ ।

त्यस्तै बुधबार नै अभएको अर्काे खेलमा चिलीले उरुग्वेलाई २–० गोलले हराउँदा पेरुले पाराग्वेलाई २–० गोलले हरायो । यता भेनेजुएला कोलम्बियासँग १–० गोलले पराजित भयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप