नेपाल संस्कृत विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)
बुधबार, १६ चैत २०७८, ०६ : ४०
नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उप-प्राध्यापक, वरिष्ठ सहायकसहित विभिन्न पदका कर्मचारी माग गरेको हो ।
बढुवा, खुला तथा आन्तरिक प्रतियोगितामार्फत रिक्त रहेका विभिन्न पदमा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।
विश्वविद्यालयको कार्यकारी परिषद्बाट लेखी आए बमोजिम सेवा आयोगको निर्णय अनुसार दरखास्त आह्वान गरिएको बुधबार प्रकाशित सूचनामा भनिएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित
-
पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा
-
जेसीबीको ठक्करबाट नागार्जुनमा बालिकाको मृत्यु
-
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
-
निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी