स्वीडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा छनोट
बुधबार, १६ चैत २०७८, ०६ : ३४
पोल्यान्ड कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै पोल्यान्ड विश्वकपका लागि छनोट भएको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोल्यान्ड स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । पोल्यान्डको जितका लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको पोल्यान्डले दोस्रो हाफमा दुई गोल गरेको हो ।
खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाए । त्यसपछि ७२औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्यान्डलाई २–० गोलको जितसहित विश्वकपमा स्थान पक्का गरे । अब प्ले अफको अर्काे फाइनलमा वेल्सले स्कटल्यान्ड र युक्रेनबीचको विजेतासँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु