नेपाल बैंकले मनायो “ग्लोबल मनि विक”
नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरूलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरूले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरू लाभान्वित हुने गरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।
बाग्मती प्रदेश अन्तर्गत १७, लुम्बिनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेस प्रदेश अन्तर्गत १९, सुदूरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरूमा गरी कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरू सञ्चालन गरिएको र ती कार्यक्रमहरूमा करिब ५००० सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको अलमल यात्रा
-
प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
-
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
-
कलाकार श्रीकृष्णको नयाँ गीत ‘घाँस दाउरा पानी’ सार्वजनिक
-
सरकारी गाडी प्रयोग गरेर उपनिर्वाचनमा मत मागेको भन्दै स्थानीयकाे अवरोध
-
ऐश्वर्याले किन हटाइन् बच्चन थर ?