प्रिन्सलाई हालसम्मकै ठूलो प्रायोजन
विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई योनेक्स सनराइजले प्रायोजन गरेको छ ।
योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र प्रिन्स दाहालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।
सम्झौता अनुसार योनेक्सले प्रिन्सलाई वार्षिक ८ लाख रुपैया नगदसँगै उनको लागि आवश्यक सबै खेल सामग्री उपलब्ध गराउनेछ । यस्तै सम्झौतामा हरेक अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता र जितको रकम समेत प्राप्त गर्ने उल्लेख छ ।
यस्तै सम्झौतामा प्रिन्सले इन्डोनेसिया वा भारतमा प्रशिक्षणको अवसर पाउनेछ । मंगलबार नै उनलाई आवश्यक पर्ने खेल सामग्री र पोशाक हस्तान्तरण गरिएको छ । प्रिन्सले हरेक प्रतियोगिताको योनेक्सको लोगो अङ्कित खेल सामग्री प्रयोग गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा