'पेट्रोलियम गाडी आयात रोकौं, बिजुलीमा एक प्रतिशत मात्र भन्सार लगाउँ'

पेट्रोलियम गाडीको प्रतिस्थापन र विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्ने गरि आगामी आर्थिक वर्षको बजेट ल्याउन सरोकारवाला पक्षले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । मंगलबार राजधानीमा आयोजित मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा वृहत् छलफल कार्यक्रममा बोल्दै अर्थविद् केशव आचार्यले यस्तो सुझाव दिएका हुन् ।
'केही वर्ष पेट्रोलियम गाडी आयात रोकौं र विजुली गाडीको आयातमा एक प्रतिशत मात्र भन्सार लगाउँ । यसले मुलुकको अर्थतन्त्र थप कमजोर हुनबाट रोक्छ' अर्थविद् आचार्यले भने । अहिले मुलुकमा बढ्दो तरलता अभावका बीच थप रूस र युक्रेनको तनावले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकोमा सोबाट पाठ सिक्दै नेपालले अब पेट्रोलियम पदार्थको खपत कम गर्ने नीति लिनुपर्ने उनले बताए । 'अहिले हामीले जुन परिणाममा पेट्रोलियम पदार्थको खपत गरिरहेका छौं सोको २५ प्रतिशत मात्र कटौती गर्ने हो भनेपनि महिनामा १०-१२ अर्ब रुपैयाँ बचत हुने देखिन्छ ।
'अब हामीले गम्भीर भएर सोच्नुपर्ने बेला भइसकेको छ' आचार्यले भने, 'अघिल्लो सरकारले उल्टो विद्युतीय गाडीमा भन्सार शुल्क बढाएर चक्लेट लगायतका वस्तुमा भन्सार शुल्क घाटायो, यस्तो गल्ती यो सरकारले नगरोस्' आचार्यले सुझाव दिए । सोही अवसरमा आचार्यले राष्ट्रिय गौरवको नाममा मनलाग्दी परियोजना छनोट गर्ने र मकै छरेको जसरी बजेट नबढ्न समेत सरकारलाई सुझाव दिए । संघलाई मात्र नभएर, प्रदेश र स्थानीय तहलाई पनि सक्षम बनाउनु पर्ने र सोही बमोजिम विकासका कार्यमा सरिक गराउनुपर्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट