बिमस्टेक क्षेत्रका जनताका निम्ति योगदान गर्ने नेपालको प्रतिबद्धता
नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) प्रक्रियालाई पुनरुत्थान गर्न सबै सदस्य राष्ट्रबाट नवीन प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ ।
सङ्गठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा मंगलबार अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८ औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्काले बिमस्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिएका हुन् ।
मन्त्री खड्काले जनताको जीवनस्तर उकास्न, समान अवसर सिर्जना गर्न र बङ्गालको खाडीको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न साझेदारी एवं सहकार्य गर्नुपर्ने खाँचो औँल्याएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ । सङ्गठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरूप नवीन मार्गहरू पहिल्याउनुपर्ने उनले बताए । साथै उनले बिमस्टेक क्षेत्रका जनताको विकास सुनिश्चित गर्न नेपालको रचनात्मक योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।
मंगलबार परराष्ट्रमन्त्री खड्काले श्रीलङ्का प्रधानमन्त्री महिन्दा राजापाक्षसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे । प्रधानमन्त्री राजपाक्षले दुई देशबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको विद्यमान अवस्थाप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहयोग अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
परराष्ट्रमन्त्रीले बिमस्टेक प्रक्रियाप्रति श्रीलङ्काको प्रतिबद्धताको प्रशंसा गर्दै पारस्परिक हितका क्षेत्रमा सहयोग अभिवृद्धिका लागि श्रीलङ्कासँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल इच्छुक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती नदीमा ४१ गोही छोडियो
-
नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन् : पूर्व कानुनमन्त्री शर्मा
-
हात्तीका कारण पर्यटकको मृत्यु भएपछि माहुतेविरुद्ध मुद्दा
-
कठ्याङ्ग्रिने चिसो : महोत्तरीका विद्यालय बन्द
-
मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न निर्देशन
-
मुलपानी र गिरिजाप्रसाद क्रिकेट ग्राउण्डको स्रोत सुनिश्चितता गर्न निर्देशन