मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेतालाई चुनावी चटारो, जनतालाई  खेती थन्काउने माचो

मङ्गलबार, १५ चैत २०७८, २१ : ५१
मङ्गलबार, १५ चैत २०७८

स्थानीय तहको  निर्वाचन नजिकिए लगत्तै अधिकांश दलका  नेताहरु गाउँगाउँमा कार्यकर्ता  प्रशिक्षणदेखि  घर  दैलो  गर्नमा व्यस्त छन ।  स्थानीय  तहका जनप्रतिनिधिहरु  पनि पालिका कार्यलयमा भेटाउन  गाह्रो  छ । उनीहरुलाई  चुनावकै  चटारो  छ  ।  तर कृषकहरुलाई भने आलु  खेती थन्काउने माचो  छ   । 

गुल्मीको सदरमुकाम तम्घासदेखि अर्खले गाउँ, सेउवा,  धुर्कोट गाउँपालिकाको जैसीथोक हुँदै वाग्ला पुग्दा विभिन्न दलका कार्यक्रम देखिन्थ्यो । यस्तै कृषकहरु बारीमा  आलु  खन्दै, घरमा ल्याएको आलु भण्डारण गरिरहेका थिए ।   

आलु उत्पादनमा  वर्षऔं  देखि कहलाएका कृषक हुन वाग्ला दुवानेटा  टोलका  बिष्णु प्रसाद घिमिरे  । घरको दलानमा  आलु थन्काउन लागेको घिमिरे भन्दै थिएँ–‘ २८ मुरी आलु थन्काई सके अझै करिव १२  देखि  १५ मुरी आलु बारीमा खन्नै  बाँकी  छ  ।’

हेर्दै मन लोभ्याउने  रातो  आलु उनले पाथीको  १२० रुपैयाँका  दरले बेच्ने गरेको बताए  । बारीमा अन्य सिजनमा विभिन्न खेती  गरे पनि हिउँदे  याममा उनले नगदेवालीका रुपमा आलु लगाउने गरेको सुनाए । करिव  साढे  तीन रोपनी  क्षेत्रफलमा उनले आलु खेती  गर्ने गरेका छन्  ।

 ‘३ छोरा  छोरीलाई  खेतीपातीको आम्दानी बाटै पढाएँ  , एउटा  छोरा अभिषेक  घिमिरे त  नेपाल विद्युत प्राधिकरण गुल्मी  वितरण केन्द्रको प्राविधिक पदमा जागिरे  समेत भएको छ’–उनले  खुशी ब्यक्त गरे ।

 सरदर वार्षिक  एक लाख सम्म आलु खेतीबाटै कमाउने घिमिरे  आर्थिक वर्ष २०६९ ÷०७० सालमा  साविक कृषि विकास  कार्यालयबाट जिल्लाकै  उत्कृष्ट आलु उत्पादक कृषकका  रुपमा पुरस्कृत  समेत भएका  थिए  ।

कार्यालयबाट ४७ हजार रुपैयाँ अनुदान पाएपछि थप उत्साहित भएर आलु खेती  गर्दै आएको उनको  भनाइ छ  । वडाध्यक्ष  हिमप्रसाद पन्थी  भन्छन्–‘ उहाँ अन्य किसानलाई  समेत प्रोत्साहित गर्ने  अगुवा कृषक हो  । हाम्रो  वाग्लामा श्रीधर घिमिरे, रामप्रसाद  पाण्डे सहित धेरैले  ठूलो परिमाणमा आलु खेती गर्दै  आएका  छन् ।’  कृषकहरुलाई  प्रोत्साहित  गर्न धुर्कोट  गाउँपालिकाले उत्पादनमा आधारित  अनुदान समेत  उपलब्ध  गराउँदै आएको छ  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप