रूसले युक्रेनमा सैन्य गतिविधि कम गर्ने
मङ्गलबार, १५ चैत २०७८, २० : ०१
![रूसले युक्रेनमा सैन्य गतिविधि कम गर्ने](https://rpcdn.ratopati.com/media/albums/russia_fiTrVkBqpQ.png)
रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार जानकारी गराएका छन् ।
रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्ने निर्णय गरिएका समय रूसको उक्त निर्णय सार्वजनिक भएको हो ।
टर्कीको इस्तानबुलमा भएको मस्को–कीभ शान्ति वार्ताको नयाँ चरणपछि फोमिनले यस्तो बताएका हुन् ।
मङ्गलबारको वार्तामा यूक्रेनको तटस्थता र गैर आणविक स्थितिका साथै यूक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
-
सैफ अली खानमाथि आक्रमण भएको रात छोराले सोधेको थियो - तिमी मर्न लागेको हो र ?
-
नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय