दर्शक बढेपछि लम्बियो ‘मीतज्यू’ मञ्चन

दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मीतज्यू’ मञ्चन दिन थप गरिएको छ । थापागाउँमा रहेको मण्डला थियटरमा गत ८ देखि १३ गतेसम्म अर्थात ६ दिनका लागि भनेर मञ्चन सुरु भएको नाटक दर्शक बढेका कारण फेरि ६ दिन थप गरेर शनिबार (१९ गते)सम्म पुर्याइएको हो ।
‘हामीले ६ दिनका लागि भनेर मञ्चन थालेका थियौ । दर्शकको चाप र डिमान्डका कारण केही दिन थप गरेका छौ’ कलाकार विजय बरालले भने ‘हामीले सोचेभन्दा धेरै दर्शक नाटकले पाइरहेको छ ।’ नाटकमा दिन प्रतिदिन दर्शकको चाप बढ्दो रहेको समेत बरालले सुनाए ।
सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने नाटक यस अगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । हरेक पटक राम्रो दर्शक पाउन सफल नाटकमा सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय छ ।
नाटक हरेक दिन ५ बजे र शुक्रबार र शनिबार १ बजे समेत मञ्चन हुनेछ । अनामनगरमा रहेको मण्डला थियटर केही अगाडि मात्र थापागाउँमा आफ्नै भवनमा सरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
-
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना जारी, तस्बिरहरू
-
आम्दानी नभएपछि चितवनका उद्योग बन्द
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन