म बाँझो खेततर्फ फर्किन चाहन्छु, सुझाव चाहियो : अर्थमन्त्री शर्मा
![म बाँझो खेततर्फ फर्किन चाहन्छु, सुझाव चाहियो : अर्थमन्त्री शर्मा](https://rpcdn.ratopati.com/media/albums/janardan-sharma_zjRAr8ChMC.jpg)
अर्थमन्त्री जनार्दन शर्माले आफू बाझो खेततर्फ फर्किन चाहेको र त्यसका लागि विज्ञहरूबाट सुझाव खोजेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेको तयारीको सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गरेको सरकारले मुलुकको कृषि व्यवसाय, कृषकको जीवनस्तर सुधार्ने सन्दर्भमा र रोजगारी सिर्जना गर्ने सन्दर्भमा कसरी काम गर्न सकिन्छ भनेर लागि रहेको बताउँदै अर्थमन्त्री शर्माले सोका लागि सुझाव दिन आग्रह गरे ।
'हाम्रो जस्तो आयातमुखी अर्थतन्त्रमा समस्या छ, उत्पादनको समस्या छ, रोजगारीको समस्या छ , यावत् कुराको समस्या छ । तर, समस्या छ भनेर समस्याकै मात्र कुरा गर्ने होइन त्यसको समाधानको उपाय पनि खोजि गर्नुपर्छ । अहिले म यता तर्फ केन्द्रित भइरहेको छु', अर्थमन्त्री शर्माले भने, 'यसैबीच म बाझो खेततर्फ फर्किन चाहिरहेको छु, यसमा विज्ञहरुको सल्लाह सुझाव चाहन्छु ।'
बजेट तर्फ इंगित गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भोटमुखी नभएर जनमुखी र व्यवहारमुखी ल्याउन लागेको बताए । सोही अबसरमा अर्थमन्त्री शर्माले अहिलेको आर्थिक कठिन अवस्था आन्तरिक कारणले नभएर बाह्य कारणले आएको बताए । शक्ति राष्ट्र रुस र युक्रेन युद्धको प्रभाव अहिले विश्वमा कसले कमाउने र कसले गुमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको र सोको दबाब नेपालले समेत भोग्नु परिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले काट्यो एकैदिन सवा ७ अर्बकाे चेक
-
निर्वाचनमा हार निश्चित भएपछि ऋषि सुनकले भने ?
-
भारतमा एक्सको विकल्पमा ल्याइएको एप बन्द
-
अस्मिता, शान्तिश्री र विन्दुले गाए ‘माइली’ को गीत
-
नेपालमा प्रसव सेवाहरूको चुनौती : सुरक्षित प्रसूतिका लागि थप प्रयास आवश्यक
-
एकीकृत समाजवादीको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी