शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नेपालको एकदिवसीय वरीयता खस्कियो

मङ्गलबार, १५ चैत २०७८, १८ : ३५
मङ्गलबार, १५ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरीयतामा दुई स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानमा झरेको हो । 

यसअघि नेपाल १६औँ स्थान रहेको थियो । नेपालले घरेलु भूमिमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो ।दुई खेलको सिरिजमा नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा १५ रनले पराजित भएको थियो । 

एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । त्यस्तै इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ । भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । टी–ट्वान्टी वरीयतामा नेपाल यथावत् रहेको छ । टी–ट्वान्टीमा नेपाल १३ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप