बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेकपा एस सुर्खेतद्वारा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

मङ्गलबार, १५ चैत २०७८, १८ : ३३
मङ्गलबार, १५ चैत २०७८

। नेकपा (एकीकृत समाजवादी) सुर्खेतले स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्लाका इञ्चार्ज शिवप्रसाद उपाध्यायको संयोजकमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । 

कमिटीमा जिल्लाबाट केन्द्रीय कमिटीका प्रतिनिधित्व गर्ने सदस्य, विभिन्न विभागका सदस्य, प्रदेश कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य, जनसंगठनका पदाधिकारी तथा सदस्य लगायत रहेका छन् । एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले यो कमिटी पालिका र वडा तहमा पनि गठन गरिने जानकारी दिए ।

यो कमिटीको मुख्य उद्देश्य भनेकै निर्वाचनमा मत आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भन्ने हो । त्यो अनुसार हाम्रा संगठनहरुलाई क्रियाशील पारिनेछ,’उनले भने,‘ ती संगठनलाई गाउँ–गाउँमा खटाइने छ। र, अहिले जुन प्रतिगामी सोच भएका व्यक्तिहरूलाई परास्त गर्नका लागि छलफल, बहसमा खटाइनेछ।’ 

उनले भने,‘स्थानीय सरकार मार्फत सुशासन, समृद्धि राजनीतिक स्थायित्व र जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने मुद्दा सहित यो कमिटी गठन गरिएको हो।’ साथै उनले चुनावको तयारी र पार्टी संगठन निर्माण हाम्रो प्रमुख कार्यभार भएकाले उक्त, अभियानमा दायित्व बोध हुने गरी निर्वाचनमा सफलता प्राप्त गर्न जोश, जाँगर र उत्साहका साथ सामेल हुन पनि अपिल गरे । सुर्खेतमा एकीकृत समाजवादीको झण्डै ७ हजार बढी सांगठनिक सदस्यहरू रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप