बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमाले मकवानपुरले चैत २५ मा उम्मेदवार छनोट गर्ने

मङ्गलबार, १५ चैत २०७८, १८ : २४
मङ्गलबार, १५ चैत २०७८

नेकपा एमाले मकवानपुरले आगामी चैत २५ गतेभित्र स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट गर्ने भएको छ । एमाले मकवानपुरको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले एक सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गर्दै आगामी चैत २५ भित्रै उम्मेदवार छनौट गर्ने तय गरेको हो ।

कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत २३ र २४ गते तथा पालिका बैठक सम्पन्न गरेर २५ गते सबै स्थानीय तहका उम्मेदवार टुङ्ग्याउन भनेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरूको उम्मेदवार तथा पालिका बैठकले अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारहरू तय गर्ने र जिल्ला कमिटीलाई सिफारिस गर्न बैठकले सर्कुलर गरेको छ ।

जिल्ला कमिटीको बैठक चैत्र २९ गते बस्ने र जिल्ला कमिटीले स्थानीय प्रदेशलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्नेछ । बैठकले पार्टीलाई स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रित कार्यक्रमहरूमा परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै मतदाता नामावलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागू गर्न पनि बैठकले निर्णय गरेको छ । उम्मेदवार टुङ्गिएसँगै वैशाख ३० गते हुने निर्वाचनका लागि एक महिने अभियान सञ्चालन गर्ने एमाले मकवानपुरको तयारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप