अर्थतन्त्र हल्ला गरेजस्तो कठिन अवस्थामा छैन, मुद्रा सञ्चिति ११ अर्बमाथि छ : अर्थसचिव मरासिनी

मुलुकको अर्थतन्त्र बजारमा हल्ला गरेजस्तो कठिन मोडमा पुगिनसकेको अर्थसचिव मधुकुमार मरासिनीले जिकिर गरेका छन् । मंगलबार राजधानीमा सरोकारवाला निकायसँग अर्थमन्त्रालयले गरेको वर्तमान मुलुकको आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा बृहत् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मरासिनीले यस्तो बताएका हुन् ।
वर्तमान परिपेक्षमा केही बाह्र कारणहरूले गर्दा मुलुकले केही अप्ठ्यारो स्थितिको सामना गर्नुपरेपनि हातै उठाउनुपर्ने अवस्था आइनसकेको उनले बताए । 'मुलुकको आर्थिक अवस्था समस्या फसिसक्यो, रेमिटेन्स आय छैन, विदेशी मुद्राको सञ्चिति छैन, औषधि किन्ने पैसा समेत नहुने भयो भनेर जसरी बजारमा हल्ला फैलाइएको छ यस्तो होइन । अझै हाम्रो अर्थतन्त्र लयमै छ । ११, साढे ११ अर्ब रुपैयाँ बचतमा नै छ' मरासिनीले भने, 'तर सबैमा पोजेटिभ भाइब्स आउन आवश्यक छ । तपाईहरु मुलुकको अर्थतन्त्रलाई लिएर जति चिन्तित हुनुहुन्छ हामी पनि त्यति नै चिन्तित छौं ।'
सो अवसरमा सचिव मरासिनीले अहिले जसरी रुस-युक्रेनबीच तनावको स्थिति बन्यो यसले अन्तर्राष्ट्रिय बजारमा नै परेको प्रभाव नेपालमा समेत परेको बताए । यसको प्रभाव कम गर्न र तीब्र आयातलाई रोक्न केही विलासिताका वस्तु तथा सुनचाँदीमा कोटा लगाएको बताए । यी सबै समस्यालाई सम्बोधन गर्दै उत्पादनमुलक तथा रोजगारीमूलक क्षेत्रमा विशेष प्राथमिकता दिने गरि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै
-
सुमनाले कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा
-
अर्घाखाँचीमा गाडी दुर्घटना, ७ जना घाइते
-
टीसीएलको पश्चिम नेपालमा डिलर मिट सम्पन्न
-
‘देशभक्त हुनुको सजाय मस्कलाई दिनु हुन्न’ भन्दै ट्रम्पले किने रातो टेस्ला
-
थकाली समुदायले मनाए तोरन्ल पर्व, तस्बिरहरू