बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भन्सार एजेन्टको परीक्षा नरोकिने, उच्च अदालतले खोल्यो बाटो

मङ्गलबार, १५ चैत २०७८, १८ : ११
मङ्गलबार, १५ चैत २०७८

लामो समयदेखि रोकिएको भन्सार एजेन्ट परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ । परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएको हो ।

आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन् ।

न्यायधिसद्वय श्रीमणकुमार गौतम र महेन्द्रनाथ उपाध्यायले भन्सार ऐन २०६४ र नियमावलीमा आरक्षण सम्बन्धी कुनै व्यवस्था नभएको एवं निवेदकले उक्त सूचनाअनुरूप आवेदन दिएको भनि निवेदनमा नै उल्लेख गरेको जनाउँदै नीतिगत प्रश्नमा निवेदनको अन्तिम टुंगो लाग्दाको बखत एकैचोटी सम्बोधन हुने हुँदा हाल निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम जारी गरिरहनु नपर्ने फैसला गरेका हुन् ।

गत वर्ष २०७७ चैत १६ गते विभागले भन्सार एजेन्ट इजाजत पत्रका लागि दरखास्त आह्वान गरेको थियो । विभागले भन्सार एजेन्टको परीक्षा यही वर्षको जेठमा लिखित परीक्षा जेठ २२ गते र माघ २९ तोकेपछि दुवै पटक स्थगित भइसकेको छ । कोरोना महामारीका कारणले दई पटकसम्म रोकिएको परीक्षा रोक्न भन्दै थैव उच्च अदालत पाटन पुगेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप