सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा निर्वाचन परिचालन र प्रचार–प्रसार समिति गठन

मङ्गलबार, १५ चैत २०७८, ०८ : ००
मङ्गलबार, १५ चैत २०७८

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

 सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने प्रवक्ता महतले बताए  । काँग्रेस सभापति शेरबहादुर देउवाले  महामन्त्री गगन थापालाई ‘स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकको जिम्मेवारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप