बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तेह्रथुममा पाँच दलीय चुनावी गठबन्धन हुने

मङ्गलबार, १५ चैत २०७८, १७ : ३३
मङ्गलबार, १५ चैत २०७८

आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।

जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् । 

निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

०७४ को निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो । एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझा उम्मेदवारी खडा गर्न जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप