डोटीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु
मङ्गलबार, १५ चैत २०७८, १७ : २५

डोटीको पूवीचौकी गाउँपालिका–७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका–४ चौमालाका २५ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् ।
दुर्घटनामा परी ट्रयाक्टरका परिचालक अछामको चौरपाटी नगरपालिका–३ का २४ वर्षीय नर बहादुर भुल गम्भीर घाइते भएका छन् । भुलको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।
डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीआरसी अध्यक्षका लागि बारका निवर्तमान अध्यक्ष घिमिरे अनिच्छुक
-
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
-
‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’
-
ठेकेदारले समयमा काम गर्न नसकेपछि तोडियो फिर्के खोला पुल निर्माणको ठेक्का
-
देउवाको अनभिज्ञता, गठबन्धनभित्रै बढ्यो आशङ्का !
-
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’